ad ad

ग्लोबल


भियतनाममा यागी आँधीले विनाश, पुलसँगै बगे मानिस सवार १० कार

भियतनाममा यागी आँधीले विनाश, पुलसँगै बगे मानिस सवार १० कार

भियतनाममा यागी आँधीले हुरीबताससँगै गराएको वर्षापछि आएको बाढीले बगाएको पुल।


नेपालखबर
भदौ २४, २०८१ सोमबार १७:५४, काठमाडौँ

भियतनामका उपप्रधानमन्त्रीले सोमबार यागी आँधीका कारण रेड नदीमाथिको पुल भत्किएको बताएका छन्। जसमा परी १० कार र २ स्कुटर बगेका छन्।

त्यसमा बेपत्ता १३ जनाको खोजी भइरहेको उपप्रधानमन्त्रीले बताए। तीन जनाको भने उद्धार गरिएको बीबीसीले जनाएको छ।

चक्रवात यागीका कारण भियतनाममा शनिबारदेखि अहिलेसम्म ५९ जनाको मृत्यु भएको छ।

भियतनामका तटीय सहरबाट करिब ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

देशका १० लाखभन्दा बढी जनता बिजुलीविहीन भएका छन्। 

उत्तर भियतनामका धेरै सहरमा विद्यालयहरू बन्द गरिएका छन्।

यागी आँधीका कारण दक्षिण चीन र फिलिपिन्समा २० जनाभन्दा बढीको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .