ad ad

ग्लोबल


भियतनाममा शक्तिशाली यागी आँधीका कारण ५९ जनाको मृत्यु

भियतनाममा शक्तिशाली यागी आँधीका कारण ५९ जनाको मृत्यु

यागी आँधीले भियतनाममा भएको क्षति।


रासस/एपी
भदौ २४, २०८१ सोमबार १७:२३, हनोइ, भियतनाम

भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ।

चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्‍याउनाका साथै पुल तथा सवारीसाधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

यागी आँधीले भियतनाममा भएको क्षति।

आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन्। 

उत्तरी भियतनामका धेरै नदीमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ।

काओ बङ्ग प्रान्तमा वर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ।

फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना बेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ।

यागी आँधीले भियतनाममा भएको क्षति।

यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो। देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ।

आँधीपछि परेको वर्षाले आएकोे बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिस बिजुलीविहीन भएका छन्।

बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ।

यागी आँधीले भियतनाममा भएको क्षति।

यागीजस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधीबेहरीलाई थप ऊर्जा दिँदा हावाको गति बढ्ने र भारी वर्षा हुने क्रम बढेको ‘अर्थ अब्जरभेटरी अफ सिङ्गापुर’का निर्देशक बेन्जामिन होर्टनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .