ad ad

ग्लोबल


हमासका ६ शीर्ष नेताविरुद्ध अमेरिकामा मुद्दा

हमासका ६ शीर्ष नेताविरुद्ध अमेरिकामा मुद्दा

नेपालखबर
भदौ १९, २०८१ बुधबार १४:३२, काठमाडौँ

अमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा याह्या सिनवारलगायत हमासका शीर्ष ६ नेताविरुद्ध मुद्दा दायर गरेको छ।

अमेरिकाको न्याय विभागले अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र र सामूहिक विनाशका हतियारको प्रयोगलगायत सात अभियोगमा हमासका ६ जना नेतालाई लगाएको हो। 

यो फौजदारी मुद्दा हमासले केही दशकयता गरेको भनिएका आक्रमण र झन्डै एक वर्षअघि दक्षिणी इजरायलमा भएको भीषण हमलासँग सम्बन्धित छ।

बीबीसीका अनुसार अमेरिकी कानुन एजेन्सीहरूले अक्टोबर ७ का हमलाका लागि जिम्मेवार प्रमुख व्यक्तिहरूलाई जिम्मेवार ठहर्‍याउने यो पहिलो प्रयास हो।

तर, अभियोगमा नाम दिइएका तीन नेता इस्माइल हनिया, मारवान इसा र मोहम्मद जैफ जना हमलामा मारिइसकेका छन्।

सिनवार भने गाजाकै सुरुङमा लुकेर बसेको अनुमान गरिएको छ।

अभियोगमा नाम दिइएका अन्य नेतामा खालेद मशाल र अला बाराका छन्, जो गाजा र वेस्ट बैंक बाहिरका गतिविधिका लागि जिम्मेवार छन्।

उनीहरू दोषी ठहर भएको अवस्थामा आरोपितहरूले अमेरिकी कानुनअनुसार आजीवन कारावास वा मृत्युदण्डको सजाय पाउन सक्छन्।

यसैबीच अमेरिकाले गाजामा युद्धविरामका लागि प्रयासलाई तीव्र पार्दै दुवै पक्षलाई सम्झौताको प्रस्ताव स्वीकार गर्न अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .