ad ad

ग्लोबल


रुसमा बेपत्ता हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १७ जनाको मृत्यु

रुसमा बेपत्ता हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १७ जनाको मृत्यु

नेपालखबर
भदौ १६, २०८१ आइतबार २१:४१, मस्को

रुसको सुदूरपूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबारदेखि बेपत्ता हेलिकप्टर आइतबार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। रुसको मन्त्रालयलका अनुसार २२ यात्रुमध्ये १७ जनाको शव फेला परेका छन्। 

उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको उक्त हेलिकप्टर कामचट्का जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो।

उद्धारकर्ताहरूले आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरेको श्रव्यदृश्यमा उल्लेख गरेका छन्। 

दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष एउटा ठूलो जङ्गलको पहाडको टुप्पोनजिकै ढलानमा रहेको श्रव्यदृश्यमा देखिएको छ।

सो दुर्घटनाग्रस्त हेलिकप्टर राडार रहेको स्थाननजिकै भेटिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका एक अधिकारी इभान लेमिखोभले भने, ‘उक्त क्षेत्रमा हामीले १७ शव फेला पारेका छौँ।’

दुर्घटनाग्रस्त एमआई हेलिकप्टर सोभियत सङ्घले निर्माण गरेको सैन्य हेलिकप्टर हो।

यअघि सन् २०२१ अगस्त १३ तारिखमा पनि १६ जना पर्यटक सवार रहेको एमआई–८ हेलिकप्टर कमजोर दृश्यताका कारण कामचट्काको तालमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो।

सोही वर्षको जुलाईमा पनि एउटा विमान प्रायद्वीपमा अवतरण गर्ने क्रममा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .