ad ad

ग्लोबल


जापानमा शक्तिशाली आँधी, ६ जनाको मृत्यु

जापानमा शक्तिशाली आँधी, ६ जनाको मृत्यु

जापानमा चलिरहेको शानशान नामको सामुद्रिक आँधी। तस्बिर : रोयटर्स


नेपालखबर
भदौ १५, २०८१ शनिबार १७:३८, काठमाडौँ

जापानमा शक्तिशाली आँधीले जनधनको क्षति गरिरहेको छ। 

शानशान नामको यो आँधी बितेका दशकमा सबैभन्दा शक्तिशाली आँधी भएको बीबीसीले जनाएको छ। 

जापानमा आँधीका कारण भएको क्षति। तस्बिर : रोयटर्स

जापानको दक्षिणपश्चिमी क्षेत्रमा बिहीबार आएको शान्सन आँधीका कारण ६ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्। हजारौँ मानिस बिजुलीविहीन जीवन बिताइरहेका छन्।

बिहीबार दक्षिणी टापु क्युसुमा २५२ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएपछि सरकारले मानिसहरूलाई सतर्क रहन निर्देशन दिएको थियो।

अहिले आँधी कमजोर भएको छ। तर, अझै पनि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।

जापानमा आँधीले पुर्‍याएको क्षति। तस्बिर : रोयटर्स

अहिले उत्तर-पूर्वतर्फ सर्दै आगामी २४ घण्टामा ३ सय मिलिमिटर वर्षा हुने सम्भावना छ।

हावाहुरी प्रभावित क्षेत्रमा पहिरो, बाढी र ठूलो क्षतिको चेतावनी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .