ad ad

समाज


विदेशमा बस्ने नेपालीलाई एनआरएनए अध्यक्षको आग्रहः कमाइको १० प्रतिशत नेपालमा लगानी गरौँ

विदेशमा बस्ने नेपालीलाई एनआरएनए अध्यक्षको आग्रहः कमाइको १० प्रतिशत नेपालमा लगानी गरौँ

नेपालखबर
भदौ १५, २०८१ शनिबार १८:४, बेलायत, लिभरपुल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीहरूलाई कमाइको निश्चित अंश नेपालमा लगानी गर्न आह्वान गरेका छन्। 

शनिबार बेलायतको लिभरपुलमा लिभरपुल नेपाली समाज, यूकेले आयोजना गरेको नागरिकता, सम्पत्ति, भूपु गोर्खाको अधिकार र लगानीसम्बन्धी अन्तर्क्रियामा डा. केसीले विदेशमा बस्ने नेपालीलाई नेपालमा पनि लगानी गर्न आग्रह गरेका हुन्। 

डा. केसीले भने, ‘नेपालसँगको सम्बन्ध निरन्तरताका लागि नेपालमा लगानी गर्न जरुरी छ। विदेशमा कमाएको १० प्रतिशत मात्र लगानी नेपालमा गर्न सके देश समृद्धिको बाटोमा लाग्छ र दोस्रो पुस्ताको कनेक्सन रहन्छ। त्यसैले नेपालमा लगानी गरौँ।’

डा. केसीले नेपालमा लगानीलगायत च्यारिटीका काम गर्न पनि अनुरोध गरे। गैरआवासीय नेपाली संघको पहलकै कारण नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरेको उनले बताए।

उनले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा भएका कठिनाइ छिट्टै हट्ने जानकारी पनि दिए।

गैरआवासीय नागरिकता लिएपछि नेपालमा आफ्नो सम्पत्ति राख्न कुनै सीमा नहुने दाबी उनले गरे। एनआरएन नागरिकताले सम्पत्तिको पूर्ण रूपमा सुरक्षा गर्ने जिकिर पनि उनले गरे। 

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली अभियानमा जोडिन आग्रह गरे।

समाजका अध्यक्ष नेत्र खरेलको सभापतित्वमा भएको कार्यक्रममा संघकी उपाध्यक्ष रोजिना प्रधान राईलगायतले विचार राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .