युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटबारे बयान दिएका छन्।
उनले यो राम्रो सुरुवात भएको र यो भ्रमण दुवै देशका लागि ऐतिहासिक भएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीप्रति कृतज्ञता व्यक्त गरेका छन्।
उनले भने, ‘हामी कसैका कारणले हाम्रो सिमाना परिवर्तन गर्दैनौँ। पुटिनलाई भन्दा प्रधानमन्त्री मोदीलाई शान्ति मनपर्छ। तर पुटिन यस्तो चाहँदैनन्। उनीहरूले भेट्दा के के कुरा गरे मलाई थाहा छैन। यदि प्रधानमन्त्री (मोदी) को आधिकारिक भ्रमणमा जब तपाईं अस्पतालमा बच्चाहरूलाई आक्रमण गर्नुहुन्छ तब पुटिनले भारतलाई सम्मान गर्दैनन् वा आफ्नो सेनालाई नियन्त्रण गर्दैनन् भन्ने कुरा बुझ्नुपर्छ।’
468
Shares

प्रतिक्रिया