भारतीय राज्य त्रिपुरामा मंगलबार भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार मृतकमा एकै परिवारका तीन जना पनि छन्। त्रिपुरामा तीनदेखि चार स्थानमा भारी वर्षा भएको छ।
त्रिपुरा राजस्व विभागका सचिव ब्रिजेश पाण्डेले समाचार एजेन्सी पीटीआईलाई दक्षिण त्रिपुरा जिल्लामा पाँच जनाको मृत्यु भएको जानकारी दिए। गोमती र खोवाई जिल्लामा एक–एक जनाको मृत्यु भएको छ। यी जिल्लामा दुई जना बेपत्ता भएको पनि समाचार छ।
यसैबीच त्रिपुराका मुख्यमन्त्री माणिक साहले दिल्लीबाट फर्केर वरिष्ठ अधिकारीहरूसँग समीक्षा बैठक गरेका छन्।
यस क्रममा उनलाई पूरै राज्यको बाढीको अवस्थाबारे जानकारी दिइएको थियो।
33
Shares

प्रतिक्रिया