ad ad

ग्लोबल


बिहारमा १५ वर्षीया दलित बालिका नग्न अवस्थामा मृत भेटिइन्, १ जना पक्राउ

बिहारमा १५ वर्षीया दलित बालिका नग्न अवस्थामा मृत भेटिइन्, १ जना पक्राउ

बालिकाको शव भेटिएको स्थान


नेपालखबर
भदौ २, २०८१ आइतबार १३:४८, काठमाडौँ

भारतीय राज्य बिहारको मुजफ्फरपुरमा एक दलित बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ।

बीबीसी हिन्दीका अनुसार दलित समुदायकी १५ वर्षीया बालिकाको शव यही अगस्ट १२ का दिन गाउँकै चौरमा नग्न अवस्थामा फेला परेको थियो।

यस घटनामा पीडित परिवारले अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दायर गरेको छ।

परिवारको बयानका आधारमा एक जना नाम किटान गरिएका र अन्य अपरिचित पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। तर घटनामा प्रहरीले हालसम्म एक जनालाई मात्र पक्राउ गर्न सकेको छ। 

मुजफ्फरपुर प्रहरीले शनिबार यस घटनाका आरोपित सञ्जय रायको घर नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .