ad ad

ग्लोबल


अमेरिकी टीभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको मृत्यु प्रकरणमा एक व्यक्ति पक्राउ

अमेरिकी टीभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको मृत्यु प्रकरणमा एक व्यक्ति पक्राउ

फाइल तस्बिर : अभिनेता म्याथ्यु पेरी


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ६:५८, काठमाडौँ

अमेरिकी टीभी शो 'फ्रेन्ड्स'का अभिनेता म्याथ्यु पेरीको मृत्यु प्रकरणमा कम्तीमा एक व्यक्ति पक्राउ परेका छन्।

एबीसी न्युजले यस मामिलामा धेरै व्यक्ति पक्राउ गरेको उल्लेख गरको छ भने एनबीसी न्युजले कम्तीमा एक जनालाई पक्राउ गरिएको जनाएको छ।

५४ वर्षीय पेरी अक्टोबर २०२३ मा लस एन्जलस्थित आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए। पोस्टमार्टम रिपोर्टले पेरीको शरीरमा केटमिनको प्रभाव देखाएको थियो। केटमिन डिप्रेसन, चिन्ता र दुखाइको उपचार गर्न प्रयोग गरिन्छ।

लस एन्जलस प्रहरीले गत मे महिनामा उनको शरीरमा यति ठूलो मात्रामा केटमिइन कसरी पुग्यो भन्नेबारे अनुसन्धान थालेको थियो।‍

जब पेरी प्रसिद्धिको शिखरमा थिए, तब उनी पेनकिलर र रक्सीको लतमा परिसकेका थिए। उपचारका लागि उनलाई पटकपटक सुधार केन्द्रमा भर्ना पनि गरिएको थियो।

२०१६ मा पेरीले बीबीसी रेडियो २ सँगको कुराकानीमा मद्यपान र लागूपदार्थ प्रयोगका कारण 'फ्रेन्ड्स' कार्यक्रमकाबारे केही याद नभएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .