ad ad

ग्लोबल


चार वर्षपछि विदेशी पर्यटकका लागि आफ्नो सीमा खुला गर्दै उत्तर कोरिया

चार वर्षपछि विदेशी पर्यटकका लागि आफ्नो सीमा खुला गर्दै उत्तर कोरिया

उत्तर कोरियाको पहाडी सहर सामजियोन पर्यटकको आकर्षणको केन्द्र हो।


नेपालखबर
साउन ३१, २०८१ बिहिबार २०:८, काठमाडौँ

उत्तर कोरियाले झण्डै चार वर्षपछि विदेशी पर्यटकका लागि आफ्नो सिमाना खुला गर्ने भएको छ।

उत्तर कोरियाले २०२० को प्रारम्भमा कोरोना महामारीका बेला आफ्नो सिमाना बन्द गरेको थियो। 

त्यसपछि अब उत्तर कोरियाले आफ्नो एउटा सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको बीबीसीले जनाएको छ। 

दुई चिनियाँ टुर अपरेटरले चाँडै पर्यटकलाई उत्तर कोरियाको पहाडी सहर सामजियोन भ्रमण गर्न अनुमति दिन सकिने बताएका छन्।

कोरोना महामारीको बेला उत्तर कोरियाले लगाएको प्रतिबन्ध गत वर्ष नै केही खुकुलो पार्न सुरु गरिएको थियो।

उत्तर कोरियाको सीमा बन्द भएपछि देशमा खाद्य संकट उत्पन्न भएको छ।

आणविक कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण त्यहाँको अर्थतन्त्रमा धेरै दबाब परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .