ad ad

ग्लोबल


गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु : हमास

गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु : हमास

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८१ शनिबार १२:११, काठमाडौँ

हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा धेरै व्यक्तिको मृत्यु भएको जनाएको छ।

इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमान्ड एन्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको जनाएको छ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले दराज जिल्लामा भएको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाएको छ।

तर बीबीसीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाएको छ। 

सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सलले एएफपी समाचार एजेन्सीसँग मृत्यु हुनेको संख्या ९०–१०० को बीचमा भएको र धेरै व्यक्ति घाइते भएको बताएका छन्। 

प्यालेस्टाइनबाट विस्थापित मानिसहरूलाई राखिएको विद्यालयमा तीनवटा इजरायली रकेटले आक्रमण गरेको बताइएको छ।

यसअघि टेलिग्राममार्फत सिभिल डिफेन्सका प्रवक्ताले यसलाई ‘नरसंहार’ भनेका छन्। 

इजरायली सेनाले भने अल-ताबाइन स्कुलमा रहेको हमास कमान्ड एन्ड कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास ‘आतंककारीहरू’लाई आक्रमण गरिएको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .