ad ad

खेल


पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न नेपालमा

पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न नेपालमा

नेपालखबर
साउन २६, २०८१ शनिबार १२:२५, काठमाडौँ

भुटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिबार बिहान नेपाल आइपुगेको छ। चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। 

जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ। होन्डाले चीन पटक विश्वकप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुन्। 

होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ। होन्डा मात्र होइन यो पटक पारो कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ। क्लवले गरेको लगानी अत्याधिक छ। यही कारण टिमलाई जित्नै पने दबाब समेत रहेको छ।  


तयारी पनि उत्कृष्ट रहेको र होन्डाको आगमनले टिम आत्मविश्वासी रहेको र उनकै वरिपरि रहेर टिम तयार पारिएको प्रशिक्षक पुष्पलाल शर्माले बताए।

गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो। त्यतिखेर मच्छिन्द्र क्लवसँग पारजित भएको थियो। यो पटक भने टिम पेपरमा निकै मजबुत देखिएको छ। खेल मंगलबार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .