ad ad

ग्लोबल


सरकारको नेतृत्व गर्न ढाका ओर्लिए युनुस, भन्छन् : गर्नुपर्ने काम धेरै छन्

सरकारको नेतृत्व गर्न ढाका ओर्लिए युनुस, भन्छन् : गर्नुपर्ने काम धेरै छन्

नेपालखबर
साउन २४, २०८१ बिहिबार १४:५५,

नोबेल विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न ढाका ओलिएका छन्। आउँदै गर्दा उनले गर्नुपर्ने काम धेरै भएको बताए,

फ्रान्सबाट फर्केका उनले आजै शपथ लिनेछन्।

‘मानिसहरु उत्साहित छन्,’ उनले भने। 

१५ वर्ष लगातार शासन गरेकी शेख हसिना देश छाडेर भागेको केही दिनपछि युनुस स्वदेश फर्केका हुन्। आन्दोलनकारी विद्यार्थीहरुले उनको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने माग राखेका थिए।

विद्यार्थी नेताहरु, राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सैन्य नेतृत्वबीचको बैठकपछि उनलाई सरकारको नेतृत्व सुम्पिने निर्णय लिइएको थियो।

‘गरिबका ब्यांकर’ भनेर चिनिने युनुसले बंगलादेशमा लोकतन्त्र फिर्ता ल्याउने अपेक्षा छ। 

‘कडा मेहनत आवश्यक छ,’ विमानस्थलमा उनले भने, ‘नयाँ अवसर आइपुगेको छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .