ad ad

ग्लोबल


बंगलादेशमा आरक्षणविरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, लगाइयो देशभर कर्फ्यु

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, लगाइयो देशभर कर्फ्यु

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन, अहिलेसम्म ३५ जनाको मृत्यु।


नेपालखबर
साउन ५, २०८१ शनिबार ८:४६, काठमाडौँ

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न त्यहाँको सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ।

बीबीसीका अनुसार बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवा आन्दोलित भएका हुन्। उक्त आन्दोलनले हिंसात्मक रूप लिएको हो। 

राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएका छन्।

बंगलादेशी प्रहरी

तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो। 

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .