ad ad

ग्लोबल


सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हड्तालमा

सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हड्तालमा

नेपालखबर
असार २६, २०८१ बुधबार ९:२१, काठमाडौँ

दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसङका ३० हजार कर्मचारी आज (बुधबार) देखि अनिश्चितकालीन हड्तालमा उत्रिएका छन्।

तलब र अन्य सुविधाको माग गर्दै राष्ट्रिय सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) को नेतृत्वमा उनीहरूले हड्ताल गरेका हुन्। 

यसअघि ३ दिनका लागि हड्ताल घोषणा गरेका उनीहरू अन्तिम दिन मंगलबार पनि आफ्ना मागको सुनुवाइ नभएपछि आजदेखि अनिश्चितकालीन हड्तालमा उत्रिएका हुन्। 

व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ।

युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकाले हामी जुलाई १० (आज) देखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .