ad ad

ग्लोबल


१२१ जनाको ज्यान गएको हाथरस घटनामा ६ सरकारी अधिकारी निलम्बित

१२१ जनाको ज्यान गएको हाथरस घटनामा ६ सरकारी अधिकारी निलम्बित

नेपालखबर
असार २५, २०८१ मंगलबार १७:१५,

उत्तर प्रदेशको हाथरसमा १२१ जनाको ज्यान गएको घटनामा सरकारले ६ सरकारी अधिकारीहरुलाई निलम्बन गरेको छ। निलम्बित हुनेहरुमा एसडीएम, सीओलगायत छन्।

यसअघि सो घटनाको छानबिनका लागि विशेष समिति बनाइएको थियो। समितिको प्रतिवेदनपछि यस्तो निर्णय गरिएको यूपी सरकारले जनाएको छ।

प्रतिवेदनमा आयोजकको लापरबाहीका कारण सो घटना भएको जनाइएको छ। अत्यधिक संख्यामा मानिस बोलाएको तर त्यसका लागि उचित बन्दोबस्त नगरिएको बताइएको छ।

स्थानीय प्रहरी र प्रशासनले सो कथित सत्सङलाई गम्भीरतापूर्वक नलिएको प्रतिवेदनमा उल्लेख छ।

नारायण साकार नामक बाबाले भक्तजनलाई आफ्नो खुट्टाको धुलो लिन आह्वान गरेपछि भएको भागदौडमा ती मानिस मारिएका थिए। 

सरकारले मृतक र घाइतेका लागि क्षतिपूर्ति दिने घोषणा गरेको छ। तर, ती बाबालाई भने पक्राउ गरिएको छैन। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .