दक्षिण अफ्रिकाको संसदले सिरिल रामाफोसालाई फेरि राष्ट्रपतिमा चयन गरेको छ। सत्तारुढ एएनसी र विपक्षी पार्टीहरुबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सम्झौता भएपछि रामाफोसा चुनिएका हुन्।
राष्ट्रिय सहमतिको सरकारमा रामाफोसाको एएनसी, डेमोक्रेटिक एलायन्स र अन्य साना दल सहभागी छन्।
राष्ट्रपति बनेपछि रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरे। को राष्ट्रपति बन्ला भन्ने अनिश्चयका बीच संसदले अबेर साँझमा मतदान गरेको थियो।
३० वर्षमा पहिलो पटक एएनसीले बहुमत गुमाएपछि यस्तो अनश्चिय देखिएको थियो। गत चुनावमा सो पार्टीले ४० प्रतिशत मत पाउँदा डेमोक्रेटिक अलायन्सले २२ प्रतिशत मत ल्याएको थियो।
नयाँ गठबन्धन बनेसँगै ज्याकोब जुमापछि २०१८ मा मुलुक र पार्टीको नेतृत्वमा पुगेका रामाफोसा सत्तामा रहन सफल भएका छन्। एजेन्सी
24
Shares
प्रतिक्रिया