ad ad

ग्लोबल


इजरायल-हमास युद्धः उत्तरी इजरायलमा हिजबुल्लाहको अहिलेसम्मकै ठूलो आक्रमण

इजरायल-हमास युद्धः उत्तरी इजरायलमा हिजबुल्लाहको अहिलेसम्मकै ठूलो आक्रमण

हिजबुल्लाहले आक्रमण गरेपछि इजरायलका धेरै ठाउँमा आगलागी भएको छ। तस्बिर : गेट्टी इमज्स


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ६:३१, काठमाडौँ

इजरायली र लेबनानी मिडियाका अनुसार बुधबार लेबनानले उत्तरी इजरायलमा ‘रकेट वर्षा’ गरेको छ। 

दुवै देशका मिडियाका अनुसार गत वर्ष अक्टोबरमा इजरायल र हमासबीच गाजामा द्वन्द्व सुरु भएपछि लेबनानबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो हमला हो।

बुधबार इजरायली सेनाले लेबनानका धेरै आधार शिविरमा पनि आक्रमण गरी हिजबुल्लाह आधार ध्वस्त पारेको दाबी गरेको छ। 

मंगलबार इजरायली हवाई आक्रमणमा एक शीर्ष हिजबुल्लाह कमान्डरसहित चार जना मारिएका थिए। 

हिजबुल्लाहले बुधबारको आक्रमण प्रतिक्रियास्वरूप गरिएको बताएको छ।

कमान्डर सामी अब्दुल्लाह तालेब इजरायल र हिजबुल्लाहबीच जारी भिडन्तमा मारिएका शीर्ष हिजबुल्लाह कमान्डर हुन्।

जुन १२ मा कमान्डररको अन्त्येष्टिका क्रममा एक शीर्ष हिजबुल्लाह कमान्डरले हिजबुल्लाहले इजरायलमा आक्रमणको तीव्रता बढाउने बताएका थिए। 

हिजबुल्लाहका कार्यकारी परिषद्का प्रमुख हासिम सफिउद्दिनले इजरायलले गरिरहेको हत्याले ऊविरुद्धको प्रतिरोधलाई कमजोर बनाउन असफल भएको दाबी गरेका छन्।

इजरायली मिडिया रिपोर्टका अनुसार जुन १२ मा हिजबुल्लाहले गरेको आक्रमण अभूतपूर्व थियो। बुधबार बिहानदेखि सुरु भएको आक्रमणमा कम्तीमा १६० रकेट प्रहार गरिएको थियो।

इजरायली मिडिया आउटलेट वाइनेट न्युजको रिपोर्टमा दाबी गरिएअनुसार रकेटहरू उत्तरी इजरायल पार गरी सेफेद सहर र टिबेरियास क्षेत्रसम्म पुगेका थिए। अक्टोबरपछि पहिलोपटक यहाँ चेतावनी साइरन सुनिएको छ।

इजरायली सेनाले अधिकांश रकेट हावामा खसालिएको दाबी गरेको छ।

स्थानीय इजरायली मिडिया रिपोर्टका अनुसार धेरै रकेट खुला ठाउँमा खसेका छन् र धेरै ठाउँमा आगो लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .