ad ad

ग्लोबल


तेस्रोपटक प्रधानमन्त्री बनेपछि मोदीको पहिलो विदेश भ्रमण इटालीमा

तेस्रोपटक प्रधानमन्त्री बनेपछि मोदीको पहिलो विदेश भ्रमण इटालीमा

फाइल फाेटाे : इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
जेठ ३०, २०८१ बुधबार २१:५९, काठमाडौँ

तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन्।

जी७ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी बिहीबार इटालीको अपुलिया जाने भएका हुन्। 

परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।

उनले भने, ‘इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदी ५०औँ जी७ शिखर सम्मेलनमा भाग लिन भोलि इटालीको अपुलिया जानुहुनेछ।’ 

उनले थपे, ‘यो शिखर सम्मेलन जुन १४ मा इटालीमा हुनेछ, जहाँ भारतलाई आउटरिच देशको रूपमा आमन्त्रित गरिएको छ।’

बीबीसी हिन्दीका अनुसार भारत जी७ को सदस्य होइन, तर आउटरिच देशका रूपमा निमन्त्रणा गरिएको हो। 

परराष्ट्र सचिवले भने, ‘तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ। यसले जी७ शिखर सम्मेलनमा उपस्थित अन्य विश्व नेताहरूसँग महत्त्वपूर्ण विषयमा छलफल गर्ने अवसर पनि दिनेछ।’

यस शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जापानी राष्ट्रपति फुमियो किशिदा र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .