ad ad

ग्लोबल


हमास र इजरायलबीच मध्यस्थता गर्न अमेरिकी विदेशमन्त्री कतारमा

हमास र इजरायलबीच मध्यस्थता गर्न अमेरिकी विदेशमन्त्री कतारमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन


नेपालखबर
जेठ ३०, २०८१ बुधबार २१:४४, काठमाडौँ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कतार पुगेका छन्। 

बीबीसीका अनुसार गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको नयाँ प्रस्तावलाई सफल बनाउन उनी कतार पुगेका हुन्।

योसँगै अमेरिकाले आफू-समर्थित युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रियाको मूल्यांकन गरिरहेको बताएको छ।

हमासले मंगलबार राति यस प्रस्तावको जवाफ दिएको थियो।

हमासले यस प्रस्तावमा आफ्नो प्रतिक्रिया सकारात्मक रहेको र इजरायलसँग सम्झौतामा पुग्ने बाटो खुला गरेको बताएको छ।

तर यो प्रस्तावमा अझै अन्योल छ। किनभने प्यालेस्टिनी समूह र इजरायलले यो प्रस्ताव सार्वजनिक रूपमा स्वीकार गरेका छैनन्।

इजरायल सरकारले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। 

अमेरिका र इजिप्टसँगै कतारले पनि हमास र इजरायलबीच मध्यस्थता गरिरहेको छ।

गाजामा ८ महिनादेखि जारी युद्धमा ठूलो संख्यामा मानिस मारिएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार गाजाका अधिकांश मानिस भोकमरीको जोखिममा छन्।

हमासले अक्टोबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा हमासलाई ध्वस्त पार्ने उद्देश्यले सैन्य कारबाही सुरु गरेको थियो, जुन अझै जारी छ।

यो युद्ध अन्त्य गर्न कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच पटकपटक वार्ता भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .