ad ad

ग्लोबल


अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुक मुद्दामा दोषी ठहर, २५ वर्षसम्म जेल सजाय हुनसक्ने

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुक मुद्दामा दोषी ठहर, २५ वर्षसम्म जेल सजाय हुनसक्ने

पत्नीका साथ हन्टर बाइडेन


नेपालखबर
जेठ ३०, २०८१ बुधबार ७:१०, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई डेलावेयरमा चलिरहेको मुद्दामा तीनवटै अभियोगमा दोषी ठहर गरिएको छ।

बीबीसीका अनुसार १२ सदस्यीय जुरीले सन् २०१८ मा हन्टर हन्टरले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागुऔषध प्रयोगबारे गलत जानकारी दिएको निष्कर्ष निकालेको हो। 

जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ। तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन।

हन्टर बाइडेनले अपराध स्वीकार गरेका थिएनन्। उनीविरुद्ध झुटा बयान दिएको २ अभियोग र अवैध बन्दुक राखेको एउटा अभियोग थिए।

उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यस ‘हाई प्रोफाइल’ मुद्दामा दोषी ठहर गरिएको हो।

मुद्दा सुनुवाइका क्रममा अमेरिकी प्रथम महिला राष्ट्रपति बाइडेनकी पत्नी तथा हन्टर हन्टरकी सौतेनी आमा जिल बाइडेन पनि उपस्थित भएकी थिइन्।

मुद्दा कभर गर्ने पत्रकारहरूलाई अदालतमा मोबाइल फोन लैजान दिइएन। फैसला सुनाउनेबित्तिकै पत्रकारहरू यो खबर लिएर अदालतबाहिर दौडिएका थिए।

हन्टर बाइडेन लागुपदार्थको प्रभावमा रहेका बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका हुन्। अब यो मुद्दामा उनी जेल पनि जानुपर्ने हुनसक्छ।

उनी दोषी ठहर भएका तीनवटा कसुरमा अधिकतम ३० वर्षको सजाय तोकिएको छ, तर विज्ञहरूले हन्टर बाइडेनलाई जेल पठाइएमा छोटो अवधिको लागि पठाइने आकलन गरेका छन्। 

अमेरिकामा बन्दुक किन्दा झुटो बयान दिएमा १० वर्षसम्म जेल सजाय हुनसक्छ।

त्यसैगरी लागुऔषध दुर्व्यसनी भएका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा १० वर्षसम्मको सजाय हुने व्यवस्था छ।

बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई ५ वर्षसम्म जेल सजाय हुन्छ।

हन्टर बाइडेनलाई यी तीनवटै कसुरमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन्छ।

घटना यस्तो
हन्टर बाइडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए।

हन्टर बाइडेनले आफूमा कोकिनको लत रहेको कुरा खुलेर बोलेका छन्।

अमेरिकामा बन्दुक किन्न लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ।

हन्टर बाइडेनलाई उनले बन्दुक किन्दा लागुऔषध प्रयोगबारे गलत जानकारी दिएको कसुर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .