ad ad

ग्लोबल


विदेशमन्त्रीको कार्यभार सम्हालेपछि चीन र पाकिस्तानबारे के भने एस जयशंकरले?

विदेशमन्त्रीको कार्यभार सम्हालेपछि चीन र पाकिस्तानबारे के भने एस जयशंकरले?

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १७:५०, काठमाडौँ

दोस्रोपटक भारतीय विदेश मन्त्रालयको जिम्मेवारी पाएका एस जयशंकरले मंगलबार मन्त्रालयको कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेपछि संचारकर्मीहरुसँग कुरा गर्दै जयशंकरले नरेन्द्र मोदीको तेस्रो कार्यकालमा विदेश नीतिबारे लिने प्राथमिकताबारे आफ्ना भनाइ राखे। त्यस क्रममा उनले गरम सम्बन्ध रहेका छिमेकी चीन र पाकिस्तानबारे पनि टिप्पणी गरे।

चीन र पाकिस्तान फरक देश भएको भन्दै जयशंकरले उनीहरुसँगको सम्बन्ध पनि फरक रहेको बताए। ‘चीन र पाकिस्तान अलग देश हुन,’ उनले सुनाए, ‘त्यहाँ सम्बन्ध पनि केही फरक छ। त्यहाँका समस्या पनि केही फरक छन्।’

चीनसँग केही सीमाका विषय बाँकी रहेको भन्दै उनले त्यसलाई समाधान गर्न आफूहरुले कोसिस गर्ने बताए। ‘चीनसँग सीमाका केही मुद्दा थाँती छन्, त्यसलाई समाधान गर्न हामी कोसिस गर्ने छौं,’ उनले भने।

पाकिस्तानसँग भने वर्षौंदेखि सीमापार आतंकवादको मुद्दा रहेको जयशंकरको भनाइ छ। ‘पाकिस्तानसँग वर्षौंदेखि सीमापार आतंकवादको मुद्दा छ,’ उनले भने, ‘हेरौं, यसको समाधन हामी कसरी गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .