शक्तिशाली चक्रवात रेमलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन्।
हजारौं मानिस सुरक्षित स्थानको खोजीमा घरबार छाडिरहेका छन्।
चक्रवात रेमाल ठूलो चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ।
तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुद्रमा नजान आग्रह गरिएको छ। समुद्रतर्फ गएकाहरूलाई जतिसक्दो चाँडो फर्किन भनिएको छ।
यो चक्रवात २६ मेको (आज) मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्छ।
87
Shares
प्रतिक्रिया