ad ad

ग्लोबल


फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण, दुई प्रहरीको मृत्यु, कैदी फरार

फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण, दुई प्रहरीको मृत्यु, कैदी फरार

नेपालखबर
जेठ १, २०८१ मंगलबार २१:५८, काठमाडौँ

फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण भएको छ। यस हमलामा कम्तीमा दुई प्रहरी अधिकारी मारिएका छन्।

बीबीसीका अनुसार मंगलबार यो आक्रमण फ्रान्सको नर्मन्डी क्षेत्रमा भएको हो।

ती कैदीहरूलाई अदालतबाट कारागार लगिएको थियो। आक्रमणपछि कैदीहरू फरार भएका छन्।

आक्रमणमा अन्य तीन जना घाइते भएका छन्।

फ्रान्सका कानुन मन्त्री एरिक डुपुय मोरेट्टीले यस आक्रमणमा तीन जना गम्भीर घाइते भएको बताएका छन् ।

प्रहरीलाई भारी हतियारले आक्रमण भएको मन्त्रीले बताए।

यस हमलापछि सयौँ प्रहरी आक्रमणकारीको खोजीमा जुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .