ad ad

ग्लोबल


अमेरिकी हतियारसँगै युक्रेन पुगे विदेशमन्त्री ब्लिन्केन

अमेरिकी हतियारसँगै युक्रेन पुगे विदेशमन्त्री ब्लिन्केन

नेपालखबर
जेठ १, २०८१ मंगलबार १३:४६, काठमाडौँ

अमेरिकी सहायता प्याकेजको हतियारसँगै विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन्।

युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेका बेला अमेरिकी हतियार लगिएका हुन्। 

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन्। अमेरिकी अधिकारीहरूका अनुसार ब्लिन्केनले उनीहरूलाई अमेरिकी सहयोगको आश्वासन दिनेछन्।

अमेरिकाले युक्रेनका लागि तीन साताअघि संसद्‌बाट ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो। एक वर्षदेखि यो प्याकेजलाई लिएर अमेरिकी संसद्‌मा विवाद चलिरहेको थियो।

ब्लिन्केन युक्रेन पुग्नुअघि, अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टर, तोप र एटीएसीएमएस लामो दूरीका सटिक स्ट्राइक मिसाइल प्राप्त गर्न थालेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .