ग्लोबल


कम्बोडियाली सेनाको हतियार भण्डारमा विस्फोट, २० सैनिकको मृत्यु

विस्फोट कसरी र कुन परिस्थितिमा भयो, खुल्न बाँकी
कम्बोडियाली सेनाको हतियार भण्डारमा विस्फोट, २० सैनिकको मृत्यु

नेपालखबर
बैशाख १६, २०८१ आइतबार ६:४१, काठमाडौँ

कम्बोडियाका प्रधानमन्त्रीले सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको बताएका छन्। 

प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा शनिबार दिउँसो भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।

प्रधानमन्त्रीका अनुसार यस विस्फोटमा धेरै सैनिक घाइते भएका छन्।

दक्षिणी कम्बोडियाको कम्पोङ स्पेउ प्रान्तमा रहेको सैन्य शिविरमा यो विस्फोट भएको हो।

यो विस्फोट कसरी र कुन परिस्थितिमा भएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन।

प्रधानमन्त्रीले मृतक सैनिकका परिवारलाई क्षतिपूर्ति दिने र सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने आदेश दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .