ad ad

ग्लोबल


अमेरिकामा फेरि गयो भूकम्प

अमेरिकामा फेरि गयो भूकम्प

नेपालखबर
चैत २४, २०८० शनिबार ९:१४, काठमाडौँ

अमेरिकामा फेरि भूकम्प गएको छ। 

अमेरिकाको भूगर्भ सर्वेक्षणका अनुसार ग्लेडस्टोन, न्यु जर्सीको दक्षिणपश्चिममा ४.० म्याग्निच्युडको परकम्प गएको हो। 

स्थानीय समयानुसार उक्त परकम्प शुक्रबार साँझ ५:५९ बजे गएको हो। 

त्यही दिन बिहान न्युयोर्कमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।  

त्यसको ८ घण्टापछि ४.० म्याग्निच्युडको परकम्प गएको हो।

१.८ देखि २.२ म्याग्निच्युडसम्मका परकम्प त कम्तीमा १० पटक गइसकेको सीएनएनले उल्लेख गरेको छ। 

तर कुनै क्षतिको विवरण अहिलेसम्म आएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .