भारत र बंगलादेश दुवैतर्फका बंगाली महिलाहरुको सारीप्रेम सराहनीय छ। उनीहरुको यही प्रेमलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विपक्षीमाथि प्रहार गर्न उपयोग गरेकी छन्।
बंगलादेशमा जनवरी ७ मा भएको विपक्षीविहीन चुनावको अन्य दलले विरोध गरिरहेका छन्। यसैक्रममा भारतीय सामान बहिष्कारको क्रम पनि सुरु भएको छ।
भारतबाट बंगलादेश निर्यात हुने कतिपय सामान बिक्री हुन छाडेको खबर समेत आइरहेका छन्।
यसैक्रममा प्रधानमन्त्री हसिनाले विपक्षी दलका नेताहरुलाई भारतीय सारी जलाउन चुनौती दिएकी हुन्।
‘तिनका श्रीमतीसँग कति वटा भारतीय सारी छ?’ गत मंगलबार एक कार्यक्रममा हसिनाले विपक्षी नेताहरुलाई सोधिन्, ‘जब तिनले आफ्ना श्रीमतीको सारी पार्टी कार्यालयबाहिर जलाउनेछन्, तब मात्रै भारतीय सामान बहिष्कारमा उनीहरु प्रतिबद्ध छन् भन्ने साबित हुनेछ।’
बंगलादेशमा किन चर्कियो ‘इन्डिया आउट’ अभियान?
यसअघि विपक्षी बीएनपीका नेता कबिर रिज्वीले सार्वजनिक कार्यक्रममै कस्मिरी मफलर फ्याँक्दै भारतीय सामान बहिष्कारलाई समर्थन गरेका थिए।
पछिल्लो समय बंगलादेशमा भारतविरोधी भावना चर्किंदै गएको छ। एजेन्सी
Shares

प्रतिक्रिया