ad ad

ग्लोबल


पाकिस्तानको एयरबेसमा आक्रमण प्रयास, चारजना चरमपन्थी मारिए

पाकिस्तानको एयरबेसमा आक्रमण प्रयास, चारजना चरमपन्थी मारिए

नेपालखबर
चैत १३, २०८० मंगलबार १३:२०, काठमाडौँ

पाकिस्तानको एउटा नेभल एयरबेसमा हमला प्रयास भएको छ। यस हमला प्रयासमा कम्तिमा चारजना चरमपन्थी मारिएका छन्।

पाकिस्तानको सेनाका अनुसार बलुचिस्तान प्रान्तको तुरबतमा नेभल एयरबेसमाथि हमला प्रयासलाई असफल पारिएको हो।

सेनाका अनुसार यस आक्रमणका क्रममा एकजना सिपाही नोमान फरिदको मृत्यु भएको छ। घटनामा संलग्न चारजना चरमपन्थी मारिएका छन्। 

यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको मजिद ब्रिगेडले लिएको छ। यसका प्रवक्ताले बताएअनुसार तुरबतमा एकजना लडाकु नेभल एयरबेसमा पसेका थिए। 

पाकिस्तानको पीएनएस सिद्दीक नेभल एयर स्टेशन बलुचिस्तानको मकरान डिभिजनको तुरबत सहरमा छ। यो कराचीको पीएनएस मेहरान नेभल एयर स्टेशनपछि दोस्रो ठूलो एयर स्टेशन हो।

यसअघि अलकायदाले सन् २०११ मा मेहरान बेसमा हमला गरेको थियो। त्यसपछि नौसेनाले कराचीबाट बाहिर पनि आफ्ना सदस्यलाई पठाउन थालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .