ad ad

ग्लोबल


रुसमा राष्ट्रपतीय निर्वाचन सुरु, पाँचौँ कार्यकालका लागि लड्दैछन् पुटिन

रुसमा राष्ट्रपतीय निर्वाचन सुरु, पाँचौँ कार्यकालका लागि लड्दैछन् पुटिन

नेपालखबर
चैत २, २०८० शुक्रबार १४:१३,

रुसमा राष्ट्रपतीय निर्वाचन सुरु भएको छ। आगामी तीन दिनसम्म मतदान जारी रहनेछ। 

चुनावबाट भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका चुनिने निश्चितप्राय छ। उनलाई चुनौती दिन मैदानमा उत्रिएकाहरु कसैले पनि ठूलो संख्यामा मत पाउने सम्भावना नरहेको बताइएको छ।

सुदूरपूर्वदेखि कलिनिनग्रादसम्म रुसका ११ वटा टाइम जोनमा तीन दिन रुसीहरुले मतदान गर्नेछन्। हालै युक्रेनबाट कब्जा गरेको क्षेत्रमा पनि चुनाव हुँदैछ।

पुटिन विजय हुँदा उनको शासन २०३० सम्म् सुनिश्चित हुनेछ। त्यसपछि अझै ६ वर्षे एक कार्यकालका लागि उनी चुनाव लड्न सक्छन्। 

यसपटकको चुनावमा पुटिनलाई चुनौती दिन तीन जना विपक्षी उम्मेदवार मात्र छन्। जसमा लिबरल डेमोक्र्याटिक पार्टीका लियोनिड स्लत्स्की, न्यु पिपुल पार्टीका भ्लादिस्लाभ दाभान्कोव र कम्युनिस्ट पार्टीका निकोलाइ खारितोनोव छन्। 

यी सबै उम्मेदवार क्रेमलिन समर्थित मानिन्छन्। एजेन्सी  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .