ad ad

ग्लोबल


जापानमा एक्कासि बढ्यो तापक्रम, हिउँ पग्लने खतरा

जापानमा एक्कासि बढ्यो तापक्रम, हिउँ पग्लने खतरा

फाइल फाेटाे


रासस/सिन्ह्वा
फागुन ८, २०८० मंगलबार २१:४७, टोकियो

उत्तरी जापानका विभिन्न स्थानमा फेब्रुअरी सुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ।

दक्षिण क्षेत्रबाट न्यानो हावा बहदा सोमबार जापानभर तापक्रम एक्कासि बढेको मौसम निकायले जनाएको छ।

होक्काइडोको मोम्बेत्सु सहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस पुगेको छ।

सो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो।

यसैबीच उत्तरी जापानको अकिता सहरमा पनि तापक्रम २०.१ डिग्री, मध्य जापानको कानाजावा सहरमा २१.८ डिग्री र मध्य टोकियोमा १६.५ डिग्री पुगेको छ।

मङ्गलबार जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको छ।

मौसम अधिकारीहरूले उत्तरी र पूर्वी जापानका फराकिला क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताएका छन्।

एक्कासि तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने अधिक सम्भावना रहेकाले तल्लो क्षेत्रका मानिसलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .