ad ad

ग्लोबल


पाकिस्तानको चुनावमा विजेताले नै धाँधली भयो भन्दै त्यागे सिट

पाकिस्तानको चुनावमा विजेताले नै धाँधली भयो भन्दै त्यागे सिट

नेपालखबर
फागुन ३, २०८० बिहिबार १३:४८,

गत साताको विवादास्पद निर्वाचनमा जित हात पारेका एक पाकिस्तानी नेताले चुनावमा धाँधली भएको भन्दै सो सिट छाडेका छन्। उनले आफ्नो पक्षमा धाँधली भएको तर वास्तविक विजेता इमरान खानको पार्टीका उम्मेदार रहेको भन्दै सिट छाडेका हुन्।

जमात ए इस्लामी पार्टीका हाफिज नइम उर रहमान कराँचीको प्रदेश सभाअन्तर्गत कराचीबाट निर्वाचित भएको घोषणा गरिएको थियो।

तर, यो साता उनले वास्तविक विजेता इमरान खानको पीटीआईले समर्थन गरेको उम्मेदवार भएको दाबी गरेका छन्। तिनको मत घटाइएको उनको भनाइ छ।

उनले सो सिट त्याग्ने बताएका छन्।

‘यदि कसैले हामीलाई अवैध तरिकाले जिताउन खोज्छ भने हामी मान्दैनौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनलेभ ने।

‘जनमतको सम्मान गरिनुपर्छ, विजेतालाई जित्न दिऊँ, पराजितलाई हार्न दिऊँ,’ उनले भनेका छन्।

आफूले २६ हजार मत ल्याउँदा पीटीआई समर्थित सैफ बारीले ३१ हजार मत ल्याएको उनको भनाइ छ। तर, बारीको मत ११ हजार घोषणा गरिएको उनले बताए।

पाकिस्तानको निर्वाचन आयोगले सो आरोप खण्डन गरेको छ। अब सो सिट कसले लिन्छ, स्पष्ट छैन।

तर, यो घटनाले गत बिहीबारको चुनावमा भएको अनियमतताको स्तरलाई देखाउँछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .