ad ad

ग्लोबल


युक्रेनी सेनाका शीर्ष कमान्डर जालुज्नी बर्खास्त

युक्रेनी सेनाका शीर्ष कमान्डर जालुज्नी बर्खास्त

नेपालखबर
माघ २६, २०८० शुक्रबार १६:१,

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सेनापति वालेरी जालुज्नीलाई हटाएका छन्। मुलुकको सैन्यशक्ति नवीकरण गर्ने बेला भएको भन्दै उनले आफ्नो जर्नेल बर्खास्त गरेका हुन्।

जालुज्नीको ठाउँ युक्रेनको स्थल सेना प्रमुख अलेक्सान्द्र सिर्स्कीले लिने भएका छन्। किभ र खार्कोवको लडाइँमा राम्रो काम गरेको भन्दै उनको प्रशंसा गर्ने गरिन्छ।

तर, उनको नेतृत्व शैली पुरानो सोभियतकालको जस्तो रहेको भन्दै आलोचना गरिएको छ। बाखमुतको लडाइँमा उनले पछि हट्न नमान्दा महंगो गोलाबारुद खर्च भएको थियो भने युक्रेनका अनुभवी बिग्रेडका हजारौँ सैनिक मारिएका थिए। 

महिनौँको तनावपछि जेलेन्स्कीले जालुज्नीलाई हटाएका हुन्। उनले जालुज्नीलाई राजीनामा दिएर अन्य भूमिकामा रहन आग्रह गरेका थिए। तर, जालुज्नीले राजीनामा दिन अस्वीकार गरेका थिए।

युक्रेनको प्रत्याक्रमण अभियान असफल भएपछि जेलेन्स्की र यी लोकप्रिय जर्नेलबीच खटपट सुरु भएको थियो।
जालुज्नीको नेतृत्वमा नेटो गठबन्धनले दिएको तालिम लिएका सैनिक सहभागी गराएर सुरु भएको रुसविरुद्धको प्रत्याक्रमणले भूमि फिर्ता लिन सकेन। जालुज्नी र उनका अमेरिकी समकक्षीबीच सैन्य रणनीतिका विषयमा असहमति रहेको बताइएको छ। र, उनले अमेरिकी सेनाको सल्लाह नमानेको बताइएको छ।

अमेरिकी जर्नेलहरुले एकै ठाउँमा ठूलो संख्यामा सेना केन्द्रिकृत गर्न सल्लाह दिएको छ। तर, त्यसो गर्दा मारिने र घाइते हुनेको संख्या बढ्ने जालुज्नीको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .