म्यानमारको सेनाको विमान मिजोरमको राजधानी आइजोलस्थित लेङपुई विमानस्थलमा दुर्घटना भएको छ।
विमानमा पाइलटसहित १४ जना सवार रहेको र दुर्घटनामा ८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्। यो दुर्घटना बिहान १०.२० बजे भएको बीबीसीले जनाएको छ।
यो विमान गत हप्ता भारत प्रवेश गरेका म्यानमार सैनिकलाई फिर्ता लिन उडेको थियो। विमान मिजोरम एयरपोर्टमा चिप्लिएपछि यो दुर्घटना भएको हो।
मिजोरमका सरकारी अधिकारीहरूले आइजवल एयरपोर्टमा आउने सबै विमान डाइभर्ट गरिएको बताएका छन्।
भिडिओ-
#WATCH | Mizoram: Six people were injured after a plane from the Burmese Army crashed at Lengpui airport. 14 people were on board with the pilot. The injured were admitted to Lengpui Hospital: Mizoram DGP pic.twitter.com/aVscbDDoY4
— ANI (@ANI) January 23, 2024
453
Shares

प्रतिक्रिया