ad ad

ग्लोबल


सिंगापुरका मन्त्रीविरुद्ध भ्रष्टाचार अभियोग

सिंगापुरका मन्त्रीविरुद्ध भ्रष्टाचार अभियोग

नेपालखबर
माघ ४, २०८० बिहिबार १२:५१,

सिंगापुरका एक मन्त्रीमाथि भ्रष्टाचारको अभियोग लागेको छ। एकदम स्वच्छ शासन व्यवस्था भएकोमा गर्व गर्ने सिंगापुरबासी यो खबरबाट चकित परेका छन्। 

तर, मन्त्री सुब्रमण्यम इश्वरन नामक ती मन्त्रीले आफूमाथिका २७ आरोपमा आफू निर्दोष भएको दाबी गरेका छन्। 

२००८ मा फर्मुला वन ग्रान्ड प्रिक्स आयोजना भएको समयमा उनी सिंगापुरको पर्यटन उद्योग हेर्ने गर्थे। 

आरोपपछि बुधबार उनले राजीनामा दिएका छन्।

सरकारी वकिलहरुले सार्वजनिक गरेको अभियोग पत्रमा उनले घरजग्गा व्यापारी वङ बेङ सेङको स्वार्थपूर्ति गरिदिएको सट्टामा १ लाख ६० हजार सिंगापुर डलर बराबरको विमानको टिकट, होटल खर्च र ग्रान्ड प्रिक्सको टिकटजस्ता उपहार प्राप्त गरेको उल्लेख छ।

गत वर्ष इश्वरन र वङ दुवै पक्राउ परेका थिए। 

बिहीबार इश्वरनले प्रधानमन्त्रीलाई पत्र लेखेका छन्, ‘यी अभियोगहरु म खारेज गर्छु। म निर्दोष छु।’

राजीनामा दिँदै उनले गत वर्ष जुलाईदेखि आफूमाथि छानबिन सुरु भएयता प्राप्त तलबभत्ता फिर्ता गर्ने घोषणा गरेका छन्।

उनी पक्राउ परेको समयमा उनलाई छुट्टीमा राखिएको थियो। तथापि उनलाई प्रतिमहिना ८ हजार ५०० तलब दिइएको थियो भने सांसदका रुपमा प्रतिमहिना १५ हजार सिंगापुर डलर भत्ता पनि उनले पाइरहेका थिए।

सिंगापुरका सांसदहरु विश्वकै उच्च तलब भएका सांसदमध्ये पर्छन्। मन्त्रीहरुको त मासिक तलब नै ४५ हजार सिंगापुर डलरबाट सुरु हुन्छ। 

उच्च तलबले भ्रष्टाचार रोक्न सहयोग गर्ने भन्दै नेताहरुले बचाउ गर्दै आएका छन्।

इश्वरनले प्रधानमन्त्री कार्यालय, गृह, सञ्चार र पछिल्लो पटक यातायात मन्त्रालय सम्हालेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .