ग्लोबल


उडान ढिलो हुँदा आक्रोशित यात्रुले जहाजभित्रै कुटे पाइलट

उडान ढिलो हुँदा आक्रोशित यात्रुले जहाजभित्रै कुटे पाइलट

नेपालखबर
माघ १, २०८० सोमबार १५:५३, काठमाडौँ

भारतमा एउटा जहाजको उडानमा ढिलो हुँदा पाइलटमाथि कुटपिट भएको छ। इन्डिगो एयरलाइन्सको एक उडानमा यात्रुले पाइलटलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा देखिएअनुसार पाइलटले जहाज उड्न ढिला हुने घोषणा गरे तब एकजना यात्रु उनीतिर दौडिएर थप्पड हान्न उत्रिए। 

त्यसपछि त्यहाँ अन्य यात्रुले पाइलटलाई जोगाएर कुटपिटमा उत्रिनेलाई उनको सिटतिर लगेर गएको देखिन्छ।

यसक्रममा कुटपिटमा उत्रिएका व्यक्तिले पाइलटलाई भने, ‘जहाज चलाउने हो भने चलाइजानू, होइन भने ढोका खोलिदेऊ, म बाहिर जान्छु।’

त्यही भिडिओमा अर्की महिलाको आवाज पनि सुनिन्छ। जहाँ उनी भन्छिन्- तिमील यो जे गर्‍यौ, गलत हो। 

यो भिडिओ भारतीय राजधानी दिल्लीको भएको बताइएको छ। यो जहाज दिल्लीबाट गोवा जाने तयारीमा थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस घटनामा संलग्न यात्रुविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। 

आइतबार दिल्ली र उत्तर भारतमा बाक्लो हुस्सु लागेर भिजिबिलिटी शून्य हुँदा कयौँ घण्टासम्म जहाज उड्न सकेनन्। हुस्सुका कारण कयौँ उडान रद्द भए भने केहीले ढिलो गरी उडान भने। 

हिन्दुस्तान टाइम्सका अनुसार भारतमा आइतबार खराब मौसमका कारण ४ सय उडान ढिलो भए। जसमा १० उडानको बाटो परिवर्तन गरियो भने २० वटा रद्द भए।

'पूरै उत्तर भारतमा शून्य भिजिबिलिटी र बाक्लो हुस्सुका कारण कयौँ उडान प्रभावित भए। यसको असर हाम्रो दिनभरको उडानमा देखियो। हाम्रा कर्मचारीले उडानमा भएको ढिलाइबारे यात्रुलाई एयरपोर्टमै जानकारी दिएका थिए।  हामी यात्रीहरूको असुविधाका लागि खेद प्रकट गर्छौँ', इन्डिगोले आइतबार भनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad