ad ad

ग्लोबल


न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् प्रेमीसँग विवाह

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् प्रेमीसँग विवाह

आफ्ना श्रीमान् क्लार्क गेफोर्डसँग पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न


नेपालखबर
पुस २९, २०८० आइतबार ९:१६, काठमाडौँ

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले विवाह गरेकी छन्। 

प्रेमी क्लार्क गेफोर्डसँग ५ वर्षअघि इन्गेजमेन्ट गरेकी आर्डर्नले शनिबार बिहे गरेकी हुन्। 

आफ्ना श्रीमान् क्लार्क गेफोर्डसँग पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न

सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।

शनिबार उनको विवाह समारोहमा परिवारका सदस्य, साथी र नजिकका राजनीतिकर्मी सहभागी भएका थिए।

आफ्ना श्रीमान् क्लार्क गेफोर्डसँग पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न

न्युजिल्यान्डको नर्थ आइल्यान्डको हक्स बेमा कडा सुरक्षाबीच विवाह समारोह आयोजना गरिएको थियो।

विवाह समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए।

सन् २०१७ मा ३७ वर्षकै उमेरमा न्युजिल्यान्डको ४०औँ प्रधानमन्त्री बनेकी आर्डर्नले २०२३ जनवरीमा पदबाट राजीनामा दिएकी थिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .