इजरायली सेनाले गरेको ड्रोन आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएका छन्।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार दक्षिणी लेबनानमा भएको आक्रमणमा हिजबुल्लाहका वरिष्ठ नेता विसाम अल–तविलको मृत्यु भएको हो।
उनी हिजबुल्लाहको एक एकाइ रडवान फोर्सका उपप्रमुख थिए।
तीन सुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले अल–ताविल र अर्का एक हिजबुल्लाह लडाकु मारिएको जनाएको छ।
81
Shares

प्रतिक्रिया