ad ad

ग्लोबल


आत्महत्या रोक्न गोल्डेन गेट पुलमा राखियो जाली

आत्महत्या रोक्न गोल्डेन गेट पुलमा राखियो जाली

नेपालखबर
पुस १९, २०८० बिहिबार १३:५६,

सेप्टेम्बर २००० को कुरा हो। आत्महत्या गर्न भनेर केभिन हाइन्स सान फ्रान्सिस्कोको प्रसिद्ध गोल्डेन गेट पुलबाट समुद्रमा हाम फाले। उनको ढाड भाँचियो।

१९ वर्षको उमेरमा बाइपोलर डिसअर्डरबाट ग्रसित उनी मर्न भनेर हाम फालेका थिए। तर, उनी सफल भएनन्। र, पुलबाट हाम फालेर पनि चमत्कारी रुपमा बाँचेका करिब ४० जनामा उनको नाम जोडियो।

हाइन्स र उनको परिवार अनि आत्महत्यामा ज्यान गुमाएकाहरुको परिवारले यो समस्याको समाधानका लागि दुई दशकअघि देखि आवाज उठाइरहेका थिए।

अन्ततः उनीहरुको आवाज सुनुवाइ भएको छ। बुधबार अधिकारीहरुले आत्महत्या रोक्न २.७ किमि लामो पुलको दुवैतर्फ जाली लगाउने काम पूरा भएको घोषणा गरेका छन्।

‘उतिबेला जाली भएको भए मेरो ढाड भाँचिने थिएन,’ हाइन्स भन्छन्।

१९३७ मा यो पुल निर्माणसम्पन्न भएयता २ हजारभन्दा ज्यादा मानिसले हाम फालेर ज्यान दिइसकेका छन्।

सो सहरका अधिकारीहरुले जाली राख्ने परियोजना एक दशकअघि नै अनुमोदन गरेका थिए। तर, २०१८ मा मा ६ मिटर फराकिलो स्टेनलेस स्टिल जाली राख्ने काम सुरु भएको थियो।

पुलको सतहबाट ६ मिटर तल जाली राखिएको छ। 

जाली राख्दैगर्दा पनि केही व्यक्ति जालीमा हाम फालेको र तिनको उद्धार गरिएको बताइएको छ।

तर, जाली स्टिलको हुनाले हाम फाल्ने व्यक्ति घाइते हुने जोखिम रहेको बताइन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .