ad ad

ग्लोबल


सुलेमानीको समाधिस्थलनजिकै विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुग्यो

सुलेमानीको समाधिस्थलनजिकै विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुग्यो

विस्फोटस्थल


नेपालखबर
पुस १८, २०८० बुधबार २०:४७, काठमाडौँ

इरानको रिभोलुसनरी गार्डका पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १ सय ३ पुगेको छ। 

इरानमा आपतकालीन सेवाको निरीक्षण गर्ने संस्थाले विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुगेको बताएको छ। विस्फोटमा ठूलो संख्यामा मानिस घाइतेसमेत भएको बताइएको छ। 

सरकारी सञ्चारमाध्यमका अनुसार समारोहमा दुईवटा ‘भयानक विस्फोट’ भएका थिए। 

रेड क्रिसेन्टको जनसम्पर्क विभागले दोस्रो विस्फोटमा घाइतेहरूलाई मद्दत गर्न पठाइएका तीन उद्धारकर्मीको मृत्यु भएको जनाएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

केरमानका डेपुटी गभर्नरले भने, ‘यो घटना आतंकवादी हमला हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .