ग्लोबल


लेबनानमा मारिए हमास उपप्रमुख

लेबनानमा मारिए हमास उपप्रमुख

नेपालखबर
पुस १८, २०८० बुधबार ११:४५, काठमाडौँ

लेबनानको राजधानी बेरुतमा भएको ड्रोन आक्रमणमा हमासका उपप्रमुख सालेह अल-अरुरी मारिएका छन्।

बीबीसीका अनुसार लेबनानले हत्यामा संलग्नहरूलाई ‘दण्ड’ दिने चेतावनी दिएको छ। 

तर इजरायलले आक्रमणमा हमासका उपप्रमुख मारिनु लेबनानविरुद्धको आक्रमण नभएको स्पष्टीकरण दिएको छ। 

इजरायली प्रवक्ताले सालेह हमास नेतृत्वविरुद्धको सर्जिकल स्ट्राइकमा मारिएको बताएका छन्।

हमासले यस आक्रमणको कडा आलोचना गरेको छ।

तर हमासनिकट मानिने हिजबुल्लाहले यसलाई लेबनानको सार्वभौमसत्ताविरुद्धको आक्रमण भनेको छ।

लेबनानी मिडियाका अनुसार हमासका उपप्रमुख सालेह अल-अरुरी बेरुतको दक्षिणमा भएको ड्रोन आक्रमणमा मारिएका हुन्।

अरुरीबाहेक यस हमलामा अरु ६ जनाको ज्यान गएको बताइएको छ, जसमध्ये दुई हमासका सैन्य कमान्डर तथा चार जना सदस्य रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad