ad ad

ग्लोबल


इजरायलले नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाले हाल्यो अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

इजरायलले नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाले हाल्यो अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

नेपालखबर
पुस १५, २०८० आइतबार १७:२८,

दक्षिण अफ्रिकाले इजरायलले प्यालेस्टिनीहरुविरुद्ध नरसंहारको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ। इजरायलको तीन महिना लामो आक्रमणबाट गाजामा २१ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

शुक्रबार अदालतमा दर्ता गरेको आवेदनमा दक्षिण अफ्रिकाले गाजामा इजरायलले गरेको कारबाही ‘नरसंहारकारी चरित्रको’ रहेको बताएको छ। ‘किनभने त्यो प्यालेस्टिनी राष्ट्रिय, जातीय र जनजातीय समूहको एउटछा ठूलो हिस्सा नाश गर्ने उदेश्यले’ गरिएको कारबाही भएको आवेदनमा उल्लेख छ।

खासगरी अक्टोबर ७ पछिका इजरायलको कदमले राष्ट्रसंघको जेनोसाइड कन्भेन्सनको उल्लंघन गर्ने भन्दै दक्षिण अफ्रिकाले तत्काल सुनुवाइको माग पनि गरेको छ।

त्यस्तै, प्यालेस्टाइनी नागरिकको हक संरक्षण गर्न पनि आवेदनमा माग गरिएको छ।
आईसीजे राष्ट्रसंघको गैरफौजदारी अदालत हो। जसले मुलुकहरुबीचको विवाद हेर्छ। युद्ध अपराधको सुनुवाइ गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतभन्दा यो अलग हो।

दक्षिण अफ्रिका र इजरायल दुवै राष्ट्रसंघको सदस्य भएकाले उनीहरु यो अदालतलाई मान्न बाध्य छन्।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गाजामा इजरायलको नीतिलाई आफ्नो देशमा १९९४ मा अन्त्य भएको रंगभेदको नीतिसँग तुलना गर्दै आएका छन्।

कयौँ मानवअधिकारवादी संगठनहरुले पनि प्यालेस्टाइनीहरुविरुद्ध इजरायलले रंगभेद लागू गरेको बताउँदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .