युक्रेनले रुसले अहिलेसम्मकै ठूलो मिसाइल बम आक्रमण गरेको र त्यसमा परी कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ।
रुसले शुक्रबार बिहानै युक्रेनको राजधानी किभ, ओडेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गरेको हो। आक्रमणमा ३० जनाको मृत्यु हुनाका साथै १६० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।
युक्रेनी वायुसेनाका प्रवक्ताले एकैपटक यति धेरै मिसाइल आक्रमण आफूले कहिल्यै नदेखेको बताएका छन्।
99
Shares
प्रतिक्रिया