संयुक्त अरब इमिरेट्स (यूएई) बाट ३०३ भारतीय यात्रु लिएर निकारागुआ जाँदै गरेको विमानलाई फ्रान्समै अवतरण गराइएको छ।
मानव तस्करी गर्न लागिएको आशंकामा उक्त विमानलाई फ्रान्समै रोकिएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्।
फ्रान्सका वकिलहरूका अनुसार यो एयरबस ए३४० विमान दुबईबाट निकारागुआको राजधानी मानागुवा जाँदै थियो, तर गुप्तचर सूचनापछि यसलाई फ्रान्सको भेट्री एयरपोर्ट (पेरिसबाट १५० किलोमिटर टाढा) मा अवतरण गराइएको हो।
बीबीसीका अनुसार सुरक्षा अधिकारीहरूले विमानमा सवार केही व्यक्तिलाई घेरे र त्यसपछि विमानस्थल सिल गरियो।
यस विषयमा अनुसन्धान सुरु गरी विमानलाई निकारागुआ किन लगिएको थियो भन्ने पत्ता लगाउन प्रयास भइरहेको छ।
फ्रान्सस्थित भारतीय दूतावासले यस कुराको पुष्टि गर्दै फ्रान्सेली अधिकारीहरूले यसबारे आफूहरूलाई जानकारी गराएको बताएको छ।
Shares

प्रतिक्रिया