गाजाको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ। आक्रमणबाट ७३४ जना घाइते भएका छन्।
मन्त्रालयका अनुसार गत अक्टोबर ७ मा इजरायल(हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन्।
करिब दुई दिनको अवरोधपछि बिहीबार राति गाजामा सञ्चार र इन्टरनेट सेवा सञ्चालन भएको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ।
इजरायलले विगत दुई दिनदेखि गाजा पट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ।
त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटहरूबीचको लडाइँ जारी रहेको स्रोतले जनाएको छ। रासस
39
Shares

प्रतिक्रिया