ग्लोबल


बिहारको दरभंगा मन्दिरमा बलि चढाउन प्रतिबन्ध लगाएपछि विवाद

बिहारको दरभंगा मन्दिरमा बलि चढाउन प्रतिबन्ध लगाएपछि विवाद

बिहारको दरभंगास्थित श्यामा मन्दिर


नेपालखबर
पुस २, २०८० सोमबार २१:०, काठमाडौँ

भारतको बिहार राज्यन्तर्गत दरभंगा जिल्लामा रहेको श्यामा मन्दिरमा बलि दिन प्रतिबन्ध लगाएपछि सुरु भएको विवाद रोकिने छाँट देखिएको छैन।

भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री गिरिराज सिंहले सनातन धर्ममा परापूर्वकालदेखि नै बलिदानको प्रचलन रहेको बताएका छन्।

उनी भन्छन्, ‘श्यामा मन्दिरमा बलिदान बन्द गर्नुपर्ने ट्रस्टले भनेको छ। म सोध्न चाहन्छु– बकरिदमा यो बन्द गर्न सकिन्छ? बलि प्रथा यहाँको धर्म हो र परम्परा पनि।’ 

दरभंगा जिल्लाको श्यामा मन्दिर दरभंगा राजपरिवारसँग सम्बन्धित मन्दिर हो। यो हिन्दू देवी ‘काली’ को मन्दिर हो, जुन यस क्षेत्रमा निकै चर्चित छ।

मिथिलाञ्चलका परम्परा र संस्कृतिका जानकार अमल झाका अनुसार यो मन्दिर महाराज कामेश्वर सिंहले महाराज महेश्वर सिंहको चितामा सन् १९२९ मा राजा बनेपछि निर्माण गरेका हुन् । यहाँ शाही परिवारको निजी शवदाह गृह छ।

यो मन्दिर पहिले कामेश्वर सिंह धार्मिक ट्रस्ट अन्तर्गत थियो, जसलाई बिहार सरकारले अधिग्रहण गरेको थियो।

अमल झाका अनुसार ‘मिथिलामा बलिदानको प्रचलन परापूर्वकालदेखि नै चलिआएको छ र मन्दिर तान्त्रिक सिद्धपीठ हो।माथिबाट यो श्मशान स्थल हो। यहाँ सुरुदेखि नै चिताको अन्त्येष्टि गरिन्थ्यो। काली माईको मन्दिरमा गर्ने बलि अर्कै छ र श्मशानमा साधना गरेपछि गरिने बलि फरक छ। यहाँ दुवैलाई मिसाइएको छ, यो कसैको गोपनीयताको हनन र धार्मिक भावनासँग खेलवाड पनि हो।’

यस शवदाहमा ट्रष्ट बोर्डले केही दिनअघि देवोथानको पूजा आयोजना गरेको उनको आरोप छ, आजसम्म कुनै शवदाह गृहमा देवोथानको पुजा गरिएको छैन।

यस विषयमा बिहार राज्य धार्मिक ट्रस्ट बोर्डका अध्यक्ष अखिलेश कुमार जैनसँग सम्पर्क गर्ने प्रयास गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यस क्रममा धेरै पटक उनीहरूलाई कल र सन्देश पठाउँदा पनि यो समाचार तयार पार्दासम्म उनीबाट कुनै प्रतिक्रिया नआएको समाचारमा लेखिएको छ। 

यसैबीच बिहारको सत्तारुढ दल जेडीयूका प्रवक्ता तथा यस बोर्डका सदस्य नीरज कुमारले बलिदानमाथि प्रतिबन्ध लगाउने निर्णय पूर्णतया गलत भएको बताएका छन्। त्यहाँ शताब्दीयौँदेखि बलि दिने चलन रहेको र त्यसलाई सम्मान गर्न जरुरी रहेको उनको भनाइ छ। 

नीरज कुमार जनता दल युनाइटेडका विधान परिषद् सदस्य पनि हुन्। बोर्ड स्वतन्त्र संस्था भएको र त्यसका अध्यक्षले नै बैठक नगरी बलि प्रथा बन्द गर्ने आदेश जारी गरेको उनको आरोप छ।

नीरज कुमारले बिहार राज्य धार्मिक ट्रस्ट बोर्डका सदस्य आचार्य किशोर कुणाल, रणवीर नन्दन र बीजेपी विधायक हरिभूषण ठाकुर बेचौलले यस विषयमा मौन बसेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad