ग्लोबल


गाजा-आक्रमणको विरोधस्वरुप इराकमा चित्रकला प्रदर्शनी

गाजा-आक्रमणको विरोधस्वरुप इराकमा चित्रकला प्रदर्शनी

नेपालखबर
मंसिर २५, २०८० सोमबार १३:२०,

गाजा-आक्रमणमा सर्वसाधारणको हत्या भएको विरोधमा इराकी कलाकारहरूले विरोधस्वरुप चित्रकला प्रदर्शनी गरेका छन्।

गाजापट्टीमा सर्वसाधारणको हत्या भएको विरोधमा इराकी कलाकार सिन्डिकेटले आफ्नो मुख्यालयमा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेको हो।

प्रदर्शनीमा इराकसहित दर्जनौँ देशका २२४ कलाकारको सात सय बढी चित्रकलाको प्रदर्शनी भएको बताइएको छ। - सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad