ad ad

राजनीति


एनसेल प्रकरणमा सरकारको बदनाम गर्न खोजिँदै छ : प्रधानमन्त्री

एनसेल प्रकरणमा सरकारको बदनाम गर्न खोजिँदै छ : प्रधानमन्त्री

नेपालखबर
मंसिर २५, २०८० सोमबार १३:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद-बिक्री प्रकरणमा सरकारको बदनाम गर्न खोजिएको गुनासो गरेका छन्।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुको कुराकानीमा प्रचण्डले यस्तो गुनासो गरेका हुन्।  

आफू दुबईमा भएको बेला एनसेल खरिद बिक्रीको समाचार अनलाइनहरुमा देखेपछि आफूले यस विषयलाई गम्भीर रुपमा लिएर उतैबाट बुझ्ने काम गरेको उनले बताए।

‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो। यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाए। निर्देशन जारी गरेँ,’ प्रधानमन्त्रीले भने, ‘विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वभाविक छैन, यहाँ गढबढ छ, बोल्डली जानुपर्छ भनियो। क्याबिनेटबाट निर्णय गरियो। तर, केही मिडियामा एनसेल प्रकरणमा सरकारले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाइँदै छ। यो दुस्प्रचार हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .