ad ad

ग्लोबल


पाकिस्तानबाट ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

पाकिस्तानबाट ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १९:५४, काठमाडौँ

सोमबार ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्। अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन्।

त्यस्तै, सोमबार ३ हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको  पनि मन्त्रालयले जनाएको छ। तथ्यांक अनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै सङ्माख्या इरानमा रहेको  बताइएको छ।

विगत दुई महिनामा ४ लाख भन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन्। अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .